Friday, September 8, 2017

त्रिशूलीमा बेपत्ता

त्रिशूली(नुवाकोट), २३ भदौ । विदुर –५ देवीघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बेलकोटगढी नपा–२ का २० वर्षीय टीकाराम तामाङ आज बेपत्ता भएका छन् ।
गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा गएका थिए । तामाङसहित पाँच जना त्रिशूलीमा नुहाउन गएकामा चार जना भने सकुशल रछन् । बेपत्ता तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts