Monday, September 4, 2017

स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान

इलाम, २० भदौ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुभएको छ ।

एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी दिनुभयो ।

आले परिवारले दिएको जग्गालाई नापजाँच गरी स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रसम्म नै पहल गरिने वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts