Friday, September 1, 2017

भारतबाट गैंडाको उद्धार

रत्ननगर (चितवन), १६ भदौ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलीले आज भारतको वाल्मिकी टाइगर रिजर्वबाट एउटा वयस्क पोथी गैंडाको उद्धार गरेको छ ।

आज साँझ नियन्त्रणमा लिइएको गैंडा आजै चितवन ल्याइँदै गरेको उद्धार टोलीमा रहनुभएका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

साँझ भारतबाट हिडाइएको गैंडा राति चितवनको रत्ननगरस्थित सौराहामा ल्याइपु¥याइने र शनिबार बिहान निकुञ्जमा छाडिने अर्यालले जानकारी दिनुभयो । यो सँगै भारतबाट उद्धार गरिएको यो सातौं गैंडा हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts