Thursday, September 21, 2017

चौधरी मृत अवस्थामा फेला

दाङ, ५ असोज (रासस) ः दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका–६ देउपुरस्थित अर्जुन खोलाको सिँचाइ आयोजना अन्तर्गतको नहरमा डुबेको अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षीय जोखन चौधरी फेला परेको लमही वडा प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बासिन्दाले पानीमा डुबेको अवस्थामा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको परीक्षणका लागि लमही अस्पतालमा लगिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts