भक्तपुर, ८ असोज (रासस)ः भक्तपुर नगरपालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठमा सम्पदा निर्माण एवं मर्मत गरिएको छ ।
नगरपालिकाको सहयोगमा हरियाली तथा वातावरण सुधारअन्तर्गत बगैंचा निर्माण गरिनाका साथै ढुंगेधारा निर्माण, खँचा पोखरी मर्मत तथा सरसफाइ गरिएको छ । नगरपालिकाले बगैंचा निर्माणमा रु नौ लाख ७८ हजार ९२२, खँचा पोखरी मर्मत तथा सरसफाइमा रु एक लाख १८ हजार १३० र महेश्वरीमा पानी निकास व्यवस्थापनमा रु ५० हजार ३०९ खर्च भएको महेश्वरी ध्वाका मर्मत तथा ढुंगेधारा निर्माण समितिका अध्यक्ष रामेश्वर प्रजापतिले जानकारी दिनुभयो ।
सम्पदा संरक्षण निर्माण तथा मर्मतमा चासो दिँदै आएको नगरपालिकाले हराउँदै गएका सम्पदाको संरक्षणलाई तीव्रता दिने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
–––
Sunday, September 24, 2017
महेश्वरी पीठको मर्मत
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment