भद्रपुर, २२ भदौ । कृषि राज्यमन्त्री सरिता प्रसाईँले जनप्रतिनिधिलाई स्थानीय तहमा महिलामैत्री वातावरण सिर्जना गर्न सुझाव दिनुभएको छ ।
संवाद समूह झापाको संयोजनमा आज बिर्तामोडमा भएको छलफल कार्यक्रममा राज्यमन्त्री प्रसाईंले निर्वाचनबाट स्थानीय तहमा भएको महिलाको प्रतिनिधित्वलाई उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले महिलामाथि गरिने सबै खाले हिंसा र विभेदको अन्त्य गर्दै स्थानीय तहको विकासनिर्माणमा महिलालाई समान रुपमा सहभागी गराउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । छलफलको सहजीकरण समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।रासस
No comments:
Post a Comment