Wednesday, September 20, 2017

पर्यटकीयस्थल सराङकोटमा गाँजा फडानी

पोखरा,४ असोज (रासस) ः पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटको भकुण्डे क्षेत्रमा आज वृहतरुपमा गाँजा फडानी गरिएको छ ।

मिलन आमा समूह, भकुण्डे टोल विकास संस्था र प्रहरी चौकी पामेको संयुक्त टोलीले आज बिहानै क्यनचोक र भकुण्डेका घरघरमा पुगेर बारीमा संरक्षण गरेर राखेको गाँजा फडानी गरी नष्ट गरेको हो ।

पोखराको महात्वपूर्ण पर्यटकीय क्षेत्रलाई गाँजा, मादक पदार्थलगायतका विभिन्न कुलतबाट समाजलाई जोगाउन शुरु गरिएको अभियानमा सबै पक्षबाट सहयोग प्राप्त भएको मिलन आमा समूहका अध्यक्ष मीना थापाले जानकारी दिनुभयो ।

प्रहरी चौकी पामेका प्रमुख डिलबहादुर भण्डारीका अनुसार संयुक्त टोलीले सो क्षेत्रका पामेगैरी, सेदीवगर, डाँडाखेल, भकुण्डेलगायतका विभिन्न स्थानबाट सयौ क्विन्टल गाँजा फडानी गरिएको जानकारी दिँदै निकट भविष्यमा पोलेनपा २४ को कमवानपुरमा समेत गाँजा फडानी गरिने बताउनुभयो ।

कास्कीका पाँचवटै स्थानीय निकायमा पछिल्लो समय प्र

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts