Thursday, September 21, 2017

बजार अनुगमनलाई तीव्रता दिएको छ : राज्यमन्त्री विक

कञ्चनपुर, ५ असोज (रासस) ः आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभएको छ ।

आज कञ्चनपुरको झलारीमा उपभोक्ता सँगको भेटघाट कार्यक्रममा उहाँले कालोबजारी गर्ने र उपभोक्ता ठग्नेमाथि कडा कारबाही हुने बताउनुभयो ।

राज्यमन्त्री विकले आम उपभोक्तालाई सहज रुपमा उपभोग्य वस्तुहरु उपलब्ध गराउन सुपथ मूल्यका पसल खोलिएको बताउँदै काठमाडौँ र कैलालीको धनगढी बजारमा अनुगमनका क्रममा कम मूल्यका वस्तुहरु बढी मूल्यमा बेचेको पाइएको छ भन्नुभयो ।

उपभोक्ता ठग्नेमाथि कारबाही हुन्छ, उहाँले भन्नुभयो –“चाडपर्वका बेला आपूर्ति सहज बनाउनका लागि व्यवसायी र उपभोक्तासँग छलफल गर्ने कार्यसमेत भइरहेको छ ।”
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts