मलेखु (धादिङ), २६ भदौ । पृथ्वी राजमार्गको बाँदरेमा आज बिहान एउटा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धादिङबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ४९६४ नंको ट्रक सडकबाट बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेमा दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ चैनपुर निवासी खेमबहादुर छत्कुलीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । अत्यधिक गतिमा गुडेको ट्रक सडकबाट ३० मि तल खसेर भएको दुर्घटनामा घाइते भएका तीन जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । रासस
Monday, September 11, 2017
दुर्घटनामा मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment