Saturday, September 2, 2017

सीमांकन सच्याइने छः ओली

चितवन १८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उहाँले बताउनुभयो ।
सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’समय क्रममा त्यसलाई सच्याइने छ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts