Sunday, September 3, 2017

आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा ज्ञवाली

काठमाडौँ, १८ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

संघको भदौ १६–१७ गते भएको नवौँ राष्ट्रिय सम्मेलनले वरिष्ठ उपाध्यक्षमा डा सवरी साह, महिला उपाध्यक्षमा डा काशी खतिवडा, महासचिवमा डा मनोजकुमार चौधरी, सचिवमा डा नरेन्द्र गिरी, कोषाध्यक्षमा डा बुद्धि पौडेल चयन हुनुभएको छ ।

प्रदेश उपाध्यक्षअन्तर्गत प्रदेश १ मा डा सुरज कर्माचार्य, प्रदेश २ मा विनोद यादव, प्रदेश ३ मा डा बैकुण्ठ सुवेदी, प्रदेश ४ मा डा संजित सापकोटा, प्रदेश ५ मा डा सन्तोष शर्मा, प्रदेश ६ मा डा भक्तबहादुर केसी र प्रदेश ७ मा डा खगेन्द्रबहादुर बम चयन भएको वरिष्ठ उपाध्यक्ष डा सवरी साहले जानकारी दिनुभयो ।

सम्मलेनले सदस्यमा डा विजयकुमार सिंह, डा सरोजप्रसाद विशाल, डा राजिव घिमिरे, डा लोकेश कर्ण, डा शिवनारायण गुप्ता, डा नदन कँडेल, डा नारायण पाण्डे, डा सिर्जना श्रेष्ठ, डा मंगलकान्त झा र डा केनीन राईलाई छनौट गरेको छ । देशभरीबाट २१० चिकित्सकले मतदान गरी नयाँ कार्यसमिति चयन गरेका हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts