Sunday, September 3, 2017

मुढाले किचेर युवकको मृत्यु

चरिकोट, १८ भदौ । बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो ।

मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts