गैर आवासीय नेपाली सँघको आगामी अक्टोबरमा काठमाडौंमा हुने आठौं ग्लोबल सम्मेलनबाट चुनिने नयाँ कार्य समितिको यूरोप संयोजक पदमा डा. विनय श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
सँघको अभियानमा लामो समयदेखि यूरोपको नेपाली समुदायबीच सक्रिय रहँदै एनआरएनए एनसिसी स्वीट्जरल्याण्डको संस्थापक उपाध्यक्ष, दुई कार्यकाल अध्यक्ष हुँदै सन् २०१५-२०१७ का लागि आईसिसी सदस्य रहेका श्रेष्ठले आईसिसीको सन् २०१७-२०१९ कार्यकालका लागि उक्त पदमा उम्मेदवारी दिएका हुन् ।
एनआरएन अभियानमा एक दशक लामो अनुभव सँगालीसकेका श्रेष्ठ सँघको स्थापना विकास र प्रगतिमा यूरोप क्षेत्रको गौरभशाली भूमिका रहेकोले उक्त भूमिकालाई कायम राख्दै यूरोप र आइसिसीका बीच रचनात्मक सहकार्य र समन्वय गर्न आफ्नो उम्मेदवारीले सहयोग पुग्ने बताउँछन् ।
सँघको आठौं ग्लोबल सम्मेलनको पूर्व सन्ध्यामा यूरोप संयोजक पदमा थुप्रै व्यक्तित्वहरु आकाँक्षीका रुपमा प्रस्तुत भईरहँदा आफ्नो उम्मेदवारीको औचित्य प्रस्ट्याउँदै डा. श्रेष्ठ भन्छन् “सँघको यूरोप क्षेत्रका एनसिसीहरुको संस्थागत विकासका लागि आईसिसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने मेरो लक्ष्य रहेको छ ।” त्यसैगरी उनले विकेन्द्रिकरणलाई मूल एजेण्डाको रुपमा जोड दिँदै यूरोप क्षेत्रलाई अझ बढी सशक्त क्षेत्रका रुपमा स्थापित गराउँदै केन्द्रीय नीति निर्माण र योजनाहरुको तर्जुमामा प्रत्यक्ष संलग्नता स्थापित गराउन पहल गर्ने बताएका छन् । त्यसैगरी उनले वर्तमान कार्य समितिले अगाडि सारेको भिजन २०(२० लाई तार्किक निष्कर्षमा पुर्याउने, यूरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका लागि एनसिसीहरुसँगको छलफल र सहकार्यमा नयाँ कार्यनीति तय गर्नुका साथै उक्त कार्यनीतिको कार्यान्वयनका लागि आईसिसीमा भूमिका निर्वाह गर्ने, नेपालमा सञ्चालन गरिएका एवं सञ्चालन गरिने सबै प्रकारका परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्दै सँघका लाप्राक तथा भवन निर्माण जस्ता मेगा प्रोजेक्टहरु सफलतापूर्वक सम्पन्न गर्न प्रतिवद्धता अनुसारको सहयोगलाई निरन्तरता दिने जस्ता प्रतिवद्धताहरु प्रस्तुत गरेका छन् ।
लामो समयदेखि सामाजिक संघ संस्था एवं पेशागत रुपमा निर्वाह गरेको नेतृत्वदायी एवं उच्चस्तरीय व्यवस्थापन तथा दीर्घकालिन विचार, कार्यनीति र भिजनका साथमा कार्य क्षेत्रको राम्रो अनुभव बटुलेका डा. श्रेष्ठ पेशाले क्यान्सर रोग विशेषज्ञ हुन् । विगत १४ वर्षदेखि स्वीट्जरल्याण्डमा कार्यरत श्रेष्ठको उच्चस्तरीय पेशागत दक्षता रहनुका साथै पदीय जिम्मेवारी बहन गर्ने कुशल क्षमताका कारण उच्च पदीय जिम्मेवारी सम्हालिसकेका छन् ।
Wednesday, September 20, 2017
यूरोप संयोजक पदमा डा. विनय श्रेष्ठको उम्मेदवारी घोषणा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment