काठमाडौँ, २१ भदौ । अधिवक्ता अवतार न्यौपानेद्वारा लिखित ‘फिस्कल ल’ नामक पुस्तक आज सार्वजनिक गरियो ।
अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तकमा नेपालको वित्तीय कानूनसम्बन्धी विभिन्न लेख रचना समावेश छन् । कर्पोरेट लिगल रिसर्च सेन्टरले प्रकाशित गरेको उक्त पुस्तकको मूल्य रु ३७५ राखिएको छ । लेखकको यो तेस्रो कृति हो । तनहुँमा जन्मनुभएका लेखकको बैंकिङ ल र कम्पनी ल पुस्तक यसअघि नै प्रकाशित भइसकेका छन् । रासस
पुस्तकको लोकार्पण राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गर्नुभएको थियो भने कार्यक्रमको आयोजना तनहँु–काठमाडौँ इन्टलेक्टचुयल डेमोक्रेटिक सोसाइटी नेपालले गरेको थियो । रासस
No comments:
Post a Comment