Sunday, September 3, 2017

आठराई, ९तेह्रथुम०, १९ भदौ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक २०० बढी आन्तरिक पर्यटक आउने गरेको ह्यातुङ झरना एकता समाजका अध्यक्ष राम तिम्सिनाले बताउनुभयो । प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । ग्रामीण सडकको स्तरोन्नति नहुँदा झरनासम्म पुग्न आठराई र फेदाप गाउँपालिकाबाट पदैल यात्रा गर्नुपर्छ । छोटो समयमा तेह्रथुमका पर्यटकीय गन्तव्य पुग्न नसक्ने भएपनि झरनामा पुगेर पर्यटक आनन्द लिने गर्दछन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् । तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्दछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts