Saturday, October 28, 2017

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको ३१ पुग्यो, ३० को सनाखत

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशीं नजिकै बांगेमोडबाट हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
कमध्ये ३० जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीभरुवा न.पा. १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ बर्षिय चन्द्रवती झा रहेका छन् ।

त्यस्तै, सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय अन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादवको पनि दुर्घटनामा मृत्यु भएको छ ।

त्यस्तै, भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुर, बोधेबसाईन ३ बस्ने वर्ष १५ की चित्रलेखा प्रमानी, सप्तरी महादेवा ९ बस्ने २७ वर्षिय प्रमोद ईसार, सप्तरी कृषसरोवन ४ का २९ वर्षिय सुधिर कुमार यादव, भारत विहार मधुवनीका १२ वर्षीय मनिष ठाकुर, सिराह नराह गा.पा. १ बस्ने ३० वर्षिय उदय मण्डल, सप्तरी बोधेबरसाई २ का २५ वर्षिय आशिकी कुमारी यादव, सप्तरी कृषसरोवन ४ का ५ वर्षिय समीक्षा यादव, सिराह लहान न.पा.६ बस्ने ३७ वर्षिय प्रभा चौधरी, सप्तरी राजविराज १३ का ३० वर्षिय ऋषि आनन्द देवको सनाखत भएको छ ।

सप्तरी राजविराज १४ का २० वर्षिय आदित्य झा, सप्तरी बोधेबरसाइन २ बस्ने १३ वर्षिय समीक्षा कुमारी यादव, सप्तरी सम्भुनाथ न.पा. बस्ने ५ वर्षिय सुदीप चौधरी, सप्तरी बोधेबरसाइन ३ बस्ने ९वर्षिय चित्ररेखा बरमाणी, सप्तरी बोधेबरसाईन ३ बस्ने १ वर्षिय मानवी यादव, सप्तरी बोधेबरसाइन २ का ३५ वर्षिय सुरेन्द्र चौधरी, सप्तरी बोधेबरसाइन २ बस्ने ११ वर्षिय चित्ररेखा प्रमाणी र सप्तरी राजविराज २ बस्ने ६ वर्षिय पशुपति चौधरी, सप्तरी तीलाठी नगरपालीकाका ७ वर्षीया अभिनव झा रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सनाखतभएका मध्ये ११ पुरुष, ८ महिला, ६ बालक, ५ बालिका रहेका छन् । दुर्घटनामा अरु १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बस पानीमा पुरै डुबेकोको कारण उद्धार गर्न कठिनाई भएको थियो ।

दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीको उद्धार टोली, रेडक्रसका पदाधिकारीहरुले उद्धारमा सहयोग गरेका थिए । त्रिशुली नदिमा बस खसेर हराइरहेकाहरुको आज पनि खोजी गरिने प्रहरीले जानकारी दिएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ४ ख १४६७ नम्बरको बस हिजो बिहान ५ ः५५ बजेतिर त्रिशुली नदीमा खसेको थियोे ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts