Tuesday, October 10, 2017

पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

निर्माण भएको झण्डै एक दशकसम्म पनि मर्मत नहुँदा जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।

सदरमुकाम कुस्मा बजारसँग दक्षिण पर्वतका विभन्न गाउँपालिका जोड्ने दोबिल्ला फलेवास– सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल मर्मतको अभावमा जीर्ण बनेको हो । कुश्मा नगरपालिका–१२ दोबिल्लास्थित मोदीखोला माथि रहेको २०० मिटर लामो सो पुल जीर्ण हुँदा यात्रु जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य भएका छन् ।

आठ वर्ष अघि बनेको उक्त पुलको अधिकांश ठाउँमा नट बोल्ट र पाता उप्किएका छन् । जिल्ला विकास समितिले केही समय पहिलासम्म हेरालो राखेर नियमित रुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा पुल जिर्ण बन्दै गएको हो ।

पुलको नियमित रुपमा रेखदेख नहुँदा अत्यधिक भार भएका गाडी, डोजर, लोडरलगायतका साधन वारपार गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको व्यवसायी भीमप्रसाद श्रेष्ठले बताउनुभयो । उक्त सडक भएर दैनिक ५०० सम्म सवारीसाधन चल्दै आएका छन् ।

स्थानीय विकास अधिकारी विष्णु भुसालले पुल मर्मत सडक विभागले गर्नुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts