Tuesday, October 10, 2017

राणाको निधनमा शोक प्रस्ताव पारित

व्यवस्थापिका– संसद्को आजको बैठकले नेपाली काँग्रेसका तर्फबाट विसं २०५० मा तत्कालीन राष्ट्रिय सभाका सदस्य जगदीशचन्द्रशम्शेर जबराको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चण्डीगढमा उपचारका क्रममा ८८ वर्षका उमेरमा सोमबार निधन भएको थियो ।

सभामुख ओनसरी घर्तीले सदनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले राणाको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणासमेत गरेको थियो ।

शोक प्रस्तावमा भनिएको छ “व्यवस्थापिका– संसद्को यो बैठक विसं २०५० मा नेपाली काँग्रेस पार्टीको तर्फबाट तत्कालीन राष्ट्रियसभा सदस्य, लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा एवं मदन पुरस्कारबाट सम्मानित हुनुभएका वरिष्ठ साहित्यका जगदीशशम्शेर जबराको मिति २०७४ असोज २३ गते सोमबार ८८ वर्षको उमेरमा भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएकाले गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । ”

बैठक आज नै आधा घण्टाका लागि स्थगन भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts