भारतमा आयोजना हुने फिबा सोह्र वर्षमुनि (यु–१६) वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले आज एक कार्यक्रमबीच शुभकामनासहित विदाइ गर्नुभयो ।
प्रतियोगितामा आयोजक भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, चाइना ताइपेइ, हङकङ, चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डलगायत १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीमा प्रतिक्षा मगर (कप्तान), श्रेयषी राणा, निस्ता राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ, अदिती चौधरी, सुष्मा गौतम, रोशनी श्रेष्ठ, एरिषा श्रेष्ठ, संस्कृति मास्के, छिरिङ चोकी शेर्पा र अस्मिता थापा छन् ।
त्यसैगरी, टिम म्यानेजरमा सरोजा कोइराला श्रेष्ठ, प्रशिक्षकमा बिपिन कपाली तथा सहायक प्रशिक्षकमा सुशील गुरुङ छन् भने अफिसियलमा राजकुमार महर्जन छन् । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । रासस
Wednesday, October 18, 2017
एसियन बास्केटबलमा नेपालले भाग लिने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment