Tuesday, October 10, 2017

छुट्टै रामग्राम विकास कोष खडा गर्न हस्ताक्षर

भगवान् गौतमबुद्धको अस्थी रहेको नवलपरासीस्थित रामग्राम स्तूप क्षेत्रको चौतर्फी विकासका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न यहाँ हस्ताक्षर अभियान शुरु गरिएको छ ।

लुम्बिनी विकास कोषको अधीनमा रहेको सो स्तूप क्षेत्रको सर्वाङ्गीण विकासमा लागि छुट्टै कोष खडा गर्नुपर्ने माग गर्दै रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले हस्ताक्षर अभियान शुरु गरेको हो ।

भगवान् गौतम बुद्धको आठवटा धातु रहेको स्थान रामग्राम स्तूप र बुद्धको मावली प्राचीन कोलीय गणराज्यको राजधानी पण्डितपुरको विकास, संरक्षण तथा प्रवद्र्धनमा लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै जिल्लामा अहिले सो कोष खडा गर्न आन्दोलन चलिरहेको छ ।अहिले हस्ताक्षर अभियान चलउनुका साथै दोस्रो चरणमा विभिन्न विरोधका कार्यक्रम गरिने भएको छ ।

इतिहासअनुसार यो स्तूप आजभन्दा दुई हजार ५०० वर्ष पहिला कोलीय राजाद्वारा शान्तिका अग्रदूत भगवान् बुद्धको अन्त्येष्टि पछि बाँकी अस्थी (अवशेष) कलशमा राखेर यो स्तूप बनाइएको थियो ।

बौद्ध स्तूप अन्य स्थानमा रहे पनि रामग्राम स्तूप बुद्धको परिनिर्वाणपश्चात् बनाइएका आठवटा अस्थीमध्ये सिंगो अस्थी रहेको स्तूप हो ।

तत्कालीन मगध सम्राट अशोक मौर्यले सातवटा स्तूपको अस्थी उत्खनन गराएर विभिन्न देशमा पु¥याए पनि नागजातिको आग्रहमा रामग्राम स्तूपको उत्खनन नगरिएकाले सिंगो भाग बचेको हो ।

सरकारले स्तूपको विकासका लागि पनि कराडौँको रकम विनियोजन गरी लुम्बिनी विकास कोषलाई जिम्मा लगाउँदै आएपनि सो कोषले यस स्तूपको संरक्षणमा ध्यान नदिएको यहाँका बासिन्दाको आरोप छ ।
यस्तै रामग्राम–१८ मा रहेको पण्डितपुर कोलीय गणराज्यको राजधानीसमेत रहेको पुरातत्वविद्बाट प्रमाणित भइसकेको हुँदा सो स्थानको औपचारिक घोषणा गर्न र संरक्षण तथा प्रवद्र्धनको माग गरिएको छ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts