Sunday, October 8, 2017

गाई गोठमा एक जना मृत फेला

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित एउटा गाई गोठमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई बस्तु बाँध्ने गोठमा बिहान मृत अवस्थामा फेला परेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाउनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts