Thursday, October 5, 2017

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

दशैँको अन्तिम दिन आज पोखरा र आसपासका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि कोजाग्रत पूर्णिमासम्म पोखरा र आसपासका शक्तिपीठहरू बिन्ध्यवासिनी, भद्रकाली, शोभा भगवती, भरतपोखरीको कोटभैरव, तनहुँका ढोरबाराही, छब्दी बाराही, अकलादेवी र स्याङ्जाको शतौँ चण्डी मन्दिरमा विशेष पूजाआजा हुन्छ ।

पोखराको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा आज मेला लागेको तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरले जानकारी दिनुभयो ।
तनहँुको ढोरफिर्दीस्थित ढोरबराह मन्दिरमा यस अवधिभर टाढाटाढाबाट दर्शनार्थी आउने गरेको दुलेगौडास्थित बालविद्या माध्यमिक विद्यालयका शिक्षक प्रकाश भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक आधा घण्टामा रहस्यात्मक लहरी चल्ने पहराको बीच भागमा अवस्थित ढोरबराह मन्दिर धार्मिक एवम् पर्यटकीय आकर्षक गन्तव्य बन्दै गएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts