राष्ट्रिय समाचार समिति राप्ती अञ्चल कार्यालयको नयाँ भवन बनेको छ ।
फूलबारी कन्सट्रक्सन सर्भिस नामक कंपनीले भ्याटसहित रु २९ लाख तीन हजार ३०० को लागतमा पाँचकोठे सो भवन निर्माण गरेको हो ।
छ महिनाको अवधिभित्र उक्त भवन निर्माण गर्न निर्माण कम्पनीसंग सम्झौता भएको थियो । कार्यालय भवन निर्माणमा छिटो, छरितो र प्रभावकारी बनाउन ज्येष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीको संयोजकत्वमा गठित भवन निर्माण तथा रेखदेख समितिको रोहबरमा तोकिएको अबधिमै सो भवन निर्माण भएको थियो । भवन निर्माणको सम्पूर्ण प्राविधिक कामको जिम्मेवारी जिल्ला भवन डिभिजन कार्यालयले लिएको थियो ।
पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले छ महिना अगाडि सो भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । रासस
No comments:
Post a Comment