Thursday, October 19, 2017

स्थायी सरकार निर्माणका लागि निर्वाचन : उद्योगमन्त्री थापा

उद्योगमन्त्री सुनिलबहादुर थापाले स्थायी सरकार निर्माणका लागि निर्वाचन अत्यावश्यक भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा उहाँले लोकतान्त्रिक एकता र वाम एकताले गर्दा स्थायी सरकार बन्ने सम्भावना बढेको बताउनुभयो । “लोकतान्त्रिक वा वाम एकले बहुमत ल्याएर सरकार बनाउने भएकाले सरकार स्थायी हुन्छ,” मन्त्री थापाले भन्नुभयो ।

“धेरै समयअघि देखि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्छ भन्नुभएको थियो त्यो आज पूरा भएको छ,” उहाँले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts