Monday, October 23, 2017

सडक पुनःनिर्माण नहुँदा समस्या

सप्तरीको राजविराज–भारदह सडकखण्डअन्तर्गत फर्सैठस्थित नहर चोकमा सडक भत्किएको महिनौँ बितिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा सवारी आवतजावतमा समस्या हुँदै आएको छ ।

राजविराज नगरपालिका वडा नं ११ मा पर्ने सो सडक गत साउन महिनामा आएको भीषण बाढीले क्षतबिक्षत भएकाले आवतजावत गर्न तथा सवारी साधन सञ्चालनमा समस्या हुनाका साथै सवारी दुर्घटना हुन सक्ने सम्भाबना बढेको सम्बद्ध सवारी चालकले बताएका छन् ।

बाटोमा बाढी पसेर सडक कटान गरी ठूलाठूला खाल्टा परेकाले सवारी साधन चलाउन निकै समस्या हुने गरेको बताइएको छ ।

सडक मर्मतका लागि सम्बन्धित निकायलाई जानकारी गराए पनि हालसम्म कुनै चासो नदिएको आरोप लगाउँदै स्थानीयवासीले तत्काल समस्या समाधान गर्न माग गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts