Sunday, October 29, 2017

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कात्तिक १७ देखि

यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रियस्तरका सिनियर र जुनियर दुवैतर्फको प्रतियोगिता सञ्चालन गर्न लागेको खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी र आयोजक नुवाकोट गरी आठ समूहले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितमा पुरुषतर्फ २० केजीदेखि ८० केजीसम्मका गरी विभिन्न तौल समूहका १३ जना र महिलातर्फ २१ केजीदेखि ७५ केजीसम्मका १२ जना गरी एक समूहबाट २५ जनाले सहभागिता जनाउने संयोजक भट्टले बताउनुभयो ।

प्रतियोगिता एकल स्पाएरिङ र एकल प्याट्रन गरी दुई विधामा सञ्चालन गर्न लागेको आइटीएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागीले ४१ स्वर्ण, ४१ रजत र ८२ कास्य पदक गरी १६४ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगितामा करिब २०० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts