Sunday, October 8, 2017

घरको पर्खाल भत्किँदा एकको मृत्यु

आफ्नै घरको पर्खालमा च्यापिएर बारामा आज एक जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर निवासी ६५ वर्षीय अहमद अन्सारीको बिहान ७ः१० बजेतिर पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

आफ्नो पुरानो घरको छत भत्काउने क्रममा पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको प्रवक्ता साहले जानकारी दिनुभयो रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts