Tuesday, October 10, 2017

मधेशीलाई मधेशी दलको विकल्प छैनः यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताउनुभएको छ ।

कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको गौशाला आउनुभएका अध्यक्ष यादवले आज बिहान पत्रकारसँग कुरा गर्दै आगामी निर्वाचनमा तराई मधेशमा पार्टी पहिलो भए मात्र मधेशीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गर्नुभयो ।

उहाँले मधेशीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेशी दलको विकल्प छैन भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts