Sunday, October 29, 2017

मोटरसाइकल चालकको मृत्यु

सदरमुकाम सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स१च ९०२ नम्बरको बोलेरो जिपले ना११प ५५३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा नगरपालिका–७ निवासी २५ वर्षीय जय यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts