Tuesday, October 24, 2017

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका–२ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्युहुनेमा संखुवासभा जलजला गाउँपालिका–४ का ५४ वर्षीय छविलाल बजगाई रहेका छन् ।

पश्चिमबाट पूर्व आउँदै गरेको मे १ ख २०८७ नम्बरको ट्रकले आज बिहान १० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका बजगाईको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts