Tuesday, October 10, 2017

पूर्व विद्यार्थीद्वारा प्रविधिका सामग्री सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविलाई एक पूर्व विद्यार्थीले प्रविधिका सामग्री सहयोग गरेका छन् ।

शिखको स्वाँत घर भई हाल अमेरिकामा रहेका तिलक पाइजा पुनले ल्यापटप, कम्प्युटर, सोलार सेट र विभिन्न शैक्षिक सामग्री सहयोग गर्नु भएको हो । पाइजाले विद्यालयका प्रधानाध्यापक जगदीश आचार्यलाई सोमबार सो सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

दुई थान ल्यापटप, २२ थान कम्प्युटर, एउटा प्रोजेक्टर, ६० वाट क्षमताका १० वटा सोलार प्यानल सहयोग प्राप्त भएको प्रअ आचार्यले जानकारी दिनुभयो ।

आधारभूत र मावि तहमा ऐच्छिक कम्प्युटर विषयको पठनपाठन सञ्चालन हुने सो विद्यालयमा पाइजाले हालसम्म करिब रु सात लाख नगद सहयोगसमेत गर्नु भएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा हाल २०० जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयको छ कोठे भवन निर्माणका लागिसमेत पाइजाले प्रवासमा रहेर सहयोग जुटाउन पहल गर्नुभएको थियो । रोजगारीका लागि अमेरिकामा पुग्नुभएका पाइजाले मावि तहसम्मको शिक्षा शिख माविबाट लिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts