Sunday, October 29, 2017

भन्सार छली ल्याइएका विद्युतीय उपकरण बरामद

भन्सार छली नेपालगञ्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले यहाँ बरामद गरेको छ ।

संघीय प्रहरी इकाइ कार्यालय नेपागञ्जबाट खटिएको प्रहरीे टोलीले बरामद गरेको उपकरणमा रु ३० लाख मूल्य बराबरका विद्युतीय मेसिन, पार्टस्सहित भारतीय नम्बर प्लेट युपी ३५ टी ७३०७ नं को ट्रकसमेत रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

बरामद उपकरणमा चेन्सामेसिन, हाइड्रोलिक मेसिन, हेन्ड ग्रेटेलर, लेथमेसिन, हाइड्रोलिक कटर, वेल्डिङ मेसिन र डिसियम रहेको प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले बताउनुभयो ।

ट्रक चालक भारतको उन्नाउ ग्राम थाना सफिपुर निवासी २४ वर्षीय वीरेन्द्रकुमार पाल र २८ वर्षीय सहचालक नरेन्द्रलाई नियन्त्रणमा लिइएको छ भने सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts