Thursday, October 5, 2017

आगलागीबाट करिब चार लाखको क्षति

भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा रु तीन लाख ६८ हजार बराबरको धनमाल क्षति भएको छ ।

उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

आगलागीबाट रेदिहाङ खाजा पसलमा रहेको पाँच थान ग्यास सिलिण्डर, एक थान फ्रिज, भाँडा वर्तन, बा८५प ४२३८ नंको मोटरसाइकल दुई वटा पानीट्याङ्की जलेर क्षति पुगेको छ । नेपाल प्रहरी, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts