Sunday, October 29, 2017

कमला नदीमा झोलुंगे पुल निर्माण

उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले उदयपुर, सिन्धुली, सिरहा र धनुषाको संगमस्थल चिसापानीस्थित कमला नदीमा निर्मित झोलुंगे पुलको आइतबार साँझ उद्घाटन गर्नुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको करिब रु तीन करोडको सहयोगमा निर्माण भएको उक्त पुलको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले पुल निर्माणपश्चात् सर्वसाधारणलाई आवतजावतमा सहज भएको बताउनुभयो ।

करिब ४०० मिटर लम्बाइ रहेको सो पुल निर्माणपछि त्यस क्षेत्रका जनतालाई दैनिक आवजजावतका साथै बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन सहज भएको स्थानीयले बताएका छन् ।

पुल निर्माण भएपछि कृषकलाई आफ्नो खेतबारीमा उत्पादन भएका खाद्यान्न तथा तरकारीलाई बजारसम्म पु¥याउन सजिलो हुनुका साथै कमला उत्तरायण तीर्थस्थलका नामले ख्याति कमाएको त्यस क्षेत्रमा धार्मिक पर्यटकको संख्या निकै बढने विश्वास गरिएको छ ।

कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानको अध्यक्षतामा सम्पन्न पुल उद्घाटन कार्यक्रममा डोलीडारका महानिर्देशक जीवन श्रेष्ठले पुल निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts