Friday, October 27, 2017

आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य रु ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा रु ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार संकलन भएको हो ।

शीर्षकगतरुपमा आयकरतर्फ रु २० अर्ब ७३ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १८ अर्ब ३२ करोड २७ लाख ५२ हजार र अन्तःशुल्कतर्फ रु १२ अर्ब ८१ करोड ९३ लाख ३८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०३ प्रतिशत र अन्तःशुल्कतर्फ १०३ प्रतिशत हो ।

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु २० करोड २२ लाख ८४ हजार र रु २७ करोड ७९ लाख ५७ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तःशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । आन्तरिक राजश्व विभागलाई चालु आवका लागि रु दुई खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts