Thursday, October 19, 2017

जिसस सप्तरीविरुद्ध अख्तियारमा उजुरी

जिल्ला समन्वय समिति सप्तरीेले निकासीजन्य वस्तुमा लगाएको ठेक्का सम्झौता प्रक्रिया गलत भएको भन्दै त्यस ठेक्कालाई रद्द गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा उजुरी परेको छ ।

आर्थिक प्रलोभनमा परी बिना टेण्डर कृषि तथा पशुजन्य सामान निकासी कर उठाउने विषयमा ठेक्का दिएको भन्दै एक व्यक्तिले सो उजुरी दिएको बताइएको छ । जिल्ला समन्वय समितिले ठेक्का लगाउँदा फार्ममार्फत टेण्डर आह्वान गरेर लगाउनुपर्ने नियम भए पनि आर्थिक प्रलोभनमा परेर गैरकानुनी रुपले व्यक्तिलाई ठेक्का दिएको भन्दै ठेक्का बदर र कार्वाही गर्न उजुरीमा माग गरिएको छ ।
२०७४÷०७५ का लागि पशु चौपाय, हाड सिङ खुर र पक्षीजन्य सामान निकासी कर रु १३ लाख ३७ हजारमा फर्सेठ आठ सप्तरीका वीरेन्द्रकुमार यादवलाई स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलले ठेक्का दिनुभएको थियो ।

त्यस्तै रुपनी गाउँपालिका–१ रायपुर निवासी अवास मियाँलाई समेत २०७४÷७५ का लागि कृषिजन्य समान निकासीकर ठेक्का निमित्त स्थानीय विकास अधिकारी नवराज खड्काले दिएको उजुरीमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय इटहरीका प्रमुख कालीप्रसाद पराजुलीले जिल्ला समन्वय समिति सप्तरीविरुद्ध उजुरी परेको र निवेदकको मागबमोजिम छानबिन हुने जानकारी दिनुभयो । यदि गलत प्रक्रियाबाट ठेक्का लागेका छन् भने कार्वाही हुने उहाँले बताउनुभयो । मियाँले अख्तियारमा उजुरी दर्ता गराएपश्चात् सो विषयमा पत्रकारलाई आज छानबिनसम्बन्धी जानकारी दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts