Monday, October 23, 2017

बीस लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ ।

तीन हजार ४०४ सवारीचालकलाई कारबाही गरेर सो रकम असुल गरिएको हो । गत साउन महिनामा एक हजार २३५ सवारीचालकलाई कारबाही गरी रु सात लाख ८३ हजार, भदौमा ६०५ सवारीचालकलाई कारबाही गरी रु चार लाख १४ हजार तथा असोजमा एक हजार २६४ सवारीचालकलाई कारबाही गरी रु आठ लाख १२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिनुभयो ।

तीन महिनाको अवधिमा जिल्लामा १३ वटा सवारी दुुर्घटनामा परेर पाँच जनाको मृत्युु भएको थियो भने २२ जना घाइते भएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts