Thursday, October 5, 2017

शौचालय नबनाए सुविधा नपाउने

कपिलवस्तुको शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए नगरपालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुने भएका छन् । आगामी कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट त्यस्ता घरधनीलाई कुनै पनि सेवा सुविधा नदिने बताइएको छ ।

उक्त नगरपालिकालाई आगामी मंसिर २५ गतेभित्र खुल्ला दिसा मुक्त क्षेत्र बनाउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिलाई नगरस्तरीय खुल्ला दिसा मुक्त तथा पूर्ण सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो निर्देशन दिइएकोे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र रहेका ११ वटामध्ये तीन वटा वडा पहिले नै खुल्ला दिसा मुक्त घोषणा भइसकेको हुँदा ती वडामा अनुगमन गरिने उहाँले बताउनुभयो ।

सो नगरपालिकाले मंसिर १ गते वडा नं ५, मंसिर ३ गते वडा नं ३, मंसिर ४ गते वडा नं ४ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । त्यस्तै मंसिर ५ गते वडा नं ६, मंसिर ६ गते वडा नं ७, मंसिर ७ गते वडा नं १, मंसिर ८ गते वडा नं ८ र मंसिर ९ गते वडा नं २ पछि मंसिर २५ गते नगरलाई नै दिसा मुक्त घोषणा गर्ने कार्यक्रम छ ।

समय छोटो रहेको हँुदा धेरै चुनैतीको सामना गरी तोकिएको समयमै लक्ष्य पूरा गर्न सम्पूर्ण वडाध्यक्षलाई आ–आफ्नो वडामा अभियानलाई तीव्ररुपमा लैजान नगर प्रमुख अधिकारीले आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts