Monday, October 23, 2017

८०७ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि परेको मनोनयनको जिल्लागत विवरण यस प्रकार छ ः:

सिनं जिल्ला प्रतिनिधिसभा प्रदेश सभा १ प्रदेश सभा २
१. ताप्लेजुङ ९ ७ ८
२. पाँचथर ११ ९ ९
३. संखुवासभा १२ ९ ९
४. भोजपुर ८ ८ ६
५. सोलुखुम्बु ६ ६ ५
६. खोटाङ १० ६ ५
७. ओखलढुंंगा ९ ७ ६
८. दोलखा १६ १२ १२
९. रामेछाप १४ १० १२
१०. रसुवा ११ ७ ५
११. धादिङ–१ ८ ८ ६
१२. धादिङ–२ १३ १७ ८
१३. नुवाकोट–१ १३ ७ ९
१४. नुवाकोट–२ ११ ८ ९
१५. सिन्धुपाल्चोक–१ १३ ११ ९
१६. सिन्धुपाल्चोक–२ ९ ६ १०
१७. गोरखा–१ ८ ४ २
१८. गोरखा–२ १० ८ ५
१९. मनाङ २ २ ३
२०. लमजुङ १२ ७ ९
२१. मुस्ताङ २ २ ४
२२. म्याग्दी ८ ६ ५
२३. बागलुङ–१ ८ ५ ३
२४. बागलुङ–२ ६ ३ ६
२५. रुकुम (पूर्वी भाग) ७ ५ ३
२६. रोल्पा १० ८ ६
२७. रुकुम (पश्चिम भाग) ७ ५ ३
२८. डोल्पा ५ ४ ४
२९. मुगु ९ ८ ६
३०. जुम्ला ७ ७ ४
३१. कालीकोट १० ८ ७
३२. हुम्ला ९ ६ ५
३३. जाजरकोट ७ ७ ७
३४. बाजुरा ३ ५ ५
३५. बझाङ ९ ८ ५
३६. दार्चुला ५ ५ ५
३७. बैतडी ६ ५ २
जम्मा ३२३ २५६ २२८

 

रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts