Saturday, October 28, 2017

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताउनुभयो ।

गएराति साढे सात बजेतिर ज५प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्ठामोडबाट जलेश्वरतिर आउँदै गरेको युवक महासेठको मोटरसाइकल चलेश्वर–२ स्थित कलभर्टको खाल्डोमा दुर्घटना भएको थियो ।

मोटरसाइकल दुर्घनामा परेर युवक महासेठ गम्भीर घाइते भएपछि प्रहरीले उनलाई स्थानीयबासिन्दाको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा उनको उपचारका क्रममा जिल्ला अस्पताल जलेश्वरमै मृत्यु भएको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो ।

दुर्घटनाग्रस्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts