Tuesday, October 10, 2017

एजुकेशन इन्टरनेशनलको क्षेत्रीय सम्मेलन शुरु

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनकर्मीको भूमिकाबारे छलफल गर्न एजुकेशन इन्टरनेशनल (इआई) को एसिया प्रशान्त क्षेत्रीय आठौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

नेपालसहित विश्वका करिब ३५ मुलुकका शिक्षक, शिक्षालयका कर्मचारी र राष्ट्रसंघीय निकायका प्रतिनिधि सहभागी सम्मेलनको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै स्थानीय तहबाट माध्यमिक तहको शिक्षाको व्यवस्थापन शुरु भएको बताउनुभयो ।

उहाँले शिक्षकले शिक्षणका साथै समुदायस्तरमा रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेले पनि यदाकदा उनीहरुको कमजोर सिकाइ क्षमता तथा राजनीतिक संलग्नता हुँदा शैक्षिक गुणस्तरमा असर पर्ने गरेको टिप्पणी गर्नुभयो ।

सो अवसरमा इआइका महासचिव फ्रेड भान लियुवेनले सम्मेलनले तय गर्ने कार्यसूचीले दिगो विकास लक्ष्यको शैक्षिक विषयलाई कार्यान्वयनमा लान सहयोग पुग्ने बताउनुभयो ।

‘ट्रान्सफर्मिङ एशिया प्यासिफिक ः एजुकेसन युनियन ड्राइभिङ एजुकेशन २०३० एजेण्डा’ विषयको सो तीनदिने सम्मेलनका अवसरमा शिक्षामा निजीकरणको असरसम्बन्धी अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिने इआइका परियोजना निर्देशक एन्जेलो गाभ्रिलेटोसले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले नेपालको शैक्षिक उपलब्धि र चुनौतीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts