नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फ आफ्नो तर्फबाट विभिन्न स्रष्टाको नाम पार्टीसमक्ष सिफारिस गरेको छ ।
महासंघका अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्णय गरेअनुसार कार्यबाहक महासचिव प्रेमनाथ अधिकारीसहित साहित्यकारहरु श्यामप्रकाश तमोट, भूमिका लिम्बू सुब्बा, चेतनारायण राई, नारायण परिश्रमी, शोधा यादव, विष्णु प्रभात, रामकृष्ण दुवाल, रामकुमार श्रेष्ठ, देशभक्त खनाल, रमेश अर्याल, कृपाराम शर्मा धमला प्रतिनिधिसभाको समानुपातिकका लागि सिफारिस हुनुभएको छ ।
यस्तै, सानु पहाडी, दीपकिशोर लिङ्दम, जङ्गबहादुर दर्जी, जीवनाथ पोखरेल, मोहन विक, सपनकुमार घिमिरे, सत्यनारायण चौधरी, नवीनकुमार मिश्र, मनोहरकुमार महतो, आशाकाजी श्रेष्ठ, नमूना शर्मा, भिक्टर प्रधान र पर्वतकुमार श्रेष्ठलाई सिफारिस गरिएको छ ।
यसैगरी, लालकाजी लामा, पुष्प आचार्य, कृष्णभक्त महर्जन, मनकुमार श्रेष्ठ, प्रा डा धनबहादुर कुँवर, बुद्धि गुरुङ, शन्तकुमार विक, माधवप्रसाद घर्ती, प्रतिभा पुन, मन गोल्डी, खड्ककुमार भट्टराई, सुरजकुमार परियार, वीरबहादुर बुढाथोकी र नरेन्द्रराज रेग्मीलाई विभिन्न प्रदेशको समानुपातिकका लागि सिफारिस गरिएको छ । रासस
No comments:
Post a Comment