Thursday, October 5, 2017

छठ पर्व नजिकिँदै जाँदा डोम जातिको व्यवसाय फस्टायो

गौशाला, १९ असोज । मिथिलाञ्चलवासीको महान् पर्व छठ नजिकिँदै जाँदा तराई मधेशमा छठ पर्वलाई लक्षित गर्दै डोम जातिले बाँसको चोयाबाट बनाएका सामग्रीको बजार महोत्तरीमा फस्टाएको छ ।

कडा मेहनत र लगनसाथ छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), सुप, नाङ्लो, टपरी लगायतका बाँसका सामग्री अत्यधिक रुपमा बिक्री भइरहेको छ । उनीहरूले बनाएका यिनै सामग्रीमा छठ पर्वमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गरिने चलन छ ।

डोमले बनाएका बाँसको सामग्री जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, गौशाला, रामगोपालपुर, सम्सी, बलवा, औरहीलगायत जिल्लाको विभिन्न बजारमा बिक्री भइरहेको छ । तराई मधेशमा परम्परागत रूपमै हस्तशिल्पकलामा मेहत्तर वा मल्लिक भनेर चिनिने डोम जातिलाई कुशल मानिन्छ ।

महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रहेको बाँसका सामग्रीको माग बढी भएकाले सो पेशा फस्टाउँदै गएको छ । केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर देशको राजधानी काठमाडौँ र हेटौँडा, पोखरा लगायतका स्थानमा पनि छठ पर्व मनाउन थालिएकाले यहाँ (महोत्तरी)मा बनाइएका बाँसको सामग्री छठ पर्व मनाइने काठमाडाँै, पोखरा, हेटाँैडा, जनकपुर र विभिन्न भारतीय शहरमा पनि निर्यात हुने गरेको छ ।

डोम जातिले प्रतिपरिवार खर्च कटाएर छठ पर्वका बेला दुई÷तीन लाखसम्म आम्दानी गर्ने गर्दै आएका छन् । यस वर्ष कात्तिक ९ गते मिथिलाञ्चललगायत देशभरि छठ पर्व मनाइने भएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts