Wednesday, October 11, 2017

हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी राख्ने,शव बुझ्ने

नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको गोली लागेर निधन भएका अध्यक्ष गौचनको हत्यारालाई चाँडो खोजी गर्न सरकारसमक्ष माग गरेको हो ।

सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले अध्यक्षको निधनले देशभरको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताउनुभयो । “घटना भएको ४८ घण्टासम्म पनि दोषी पत्ता नलाग्नु मुलुकको गृह क्षेत्रको कमजोरी हो”– कावा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

उहाँले अहिलेसम्म महासंघले सांकेतिकरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताउँदै घटनाका दोषीलाई कारबाही नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने बताउनुभयो ।

आन्दोलन मूल संघर्ष समितिका संयोजक एवं महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचन हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने साथै अन्य व्यवसायीको सुरक्षाको मागसमेत गर्नुभयो ।

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले अध्यक्षको हत्याले सिंगो देशको अर्थतन्त्रको हत्या भएको भन्दै हत्यारालाई चाँडो खोजी गर्न सरकारलाई आग्रह गर्नुभयो ।

थकाली सेवा समाजका अध्यक्ष कृष्णकुमारी शेरचनले महासंघको निर्णयअनुसार समाजले मृतक गौचनको शव बुझ्ने बताउनुभयो । अध्यक्ष शेरचनले मृतक गौचनको थकाली परम्पराअनुसार अन्येष्टि गरिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts