Tuesday, October 10, 2017

मोना अन्तर्राष्ट्रियको अध्यक्षमा थापा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राति सम्पन्न मोनाको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट न्यूजिल्याण्डमा रहनुभएका जिल्लाको धौलागिरि गाउँपालिका–७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

महाधिवेशनबाट मोनाको वरिष्ठ उपाध्यक्षमा राधिका गुरुङ (टीका), उपाध्यक्षमा ओमनारायण जुग्जाली, योगकुमार फगामी, प्रेम रसाइली, महिला उपाध्यक्षमा भूगोल शेरचन, महासचिवमा मिम पुर्जा, सचिवमा हरि राम्जाली, विक्रम कार्की, कोषाध्यक्षमा रामबहादुर खड्का तथा सहकोषाध्यक्षमा लोकनाथ पौडेल चयन हुनुभएको छ ।

त्यसैगरी, महाधिवेशनबाट मोनाको युरोप महाद्वीप क्षेत्रीय संयोजकमा लक्ष्मण गर्बुजा, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा ददीलाल खड्का, अमेरिका क्षेत्रीय संयोजकमा ताराप्रसाद पुन, एशिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा ताराबहादुर कार्की, महिला संयोजकमा पूर्णिमा पाइजालगायत चयन हुनुभएको छ ।

तीन दिनदेखि जारी महाधिवेशन आज दरबाङ घोषणापत्र जारी गर्दै समापन हुने मोनाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts