Wednesday, October 25, 2017

बन्द इञ्जिनीयरिङ कलेजको ताला खुला

नेपाल इञ्जिनीयरिङ कलेज दुवाकोटमा एक महिनादेखि लगाइएको ताला आज खुलेको छ ।
इञ्जिनियरिङ कलेजलाई निजीकरण गरिएको जनाउँदै स्थानीयवासी तथा कलेजमा अध्ययरत विद्यार्थीले छुट्टाछुट्टै ताला लगाई बन्द गराएका थिए । सामुदायिक कलेज निजीकरण गरिएको र पोखरा विश्वविद्यालयलको सम्बन्धन खारेज गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिनका लागि प्रक्रिया अगाडि बढाइएको भन्दै विद्यार्थी तथा स्थानीयवासीले विरोध जनाउँदै आएका थिए ।
कलेज सञ्चालक, चाँगुनारायण नगरपालिका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, विद्यार्थी, र स्थानीयवासीबीच भएको सहमतिपछि ताला खुलेको हो । विरोध प्रदर्शनका कारण कलेजको पठनपाठन ठप्प भएको थियो भने कलेजको आन्तरिक परीक्षा रद्द भएको छ ।
कलेजलाई सामुदायिक संस्थाकै रुपमा सञ्चालन गर्ने, पोखरा विविको सम्बन्धन कायम राख्ने, सामाजिक संस्थाले प्रदान गर्ने सहुलियत शुल्कमै भर्ना लिने, विविले तोकेको मापदण्डानुरुप नै छात्रवृत्ति प्रदान गर्नेलगायत विषयमा सहमति भएपछि ताला खुलाइएको सञ्चालक हरि पाण्डेले जानकारी दिनुभयो । ताला खुलेपछि आजदेखि नियमित पढाइ शुरु भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts