Monday, October 9, 2017

राउटे तरकारी खेतीतर्फ आकर्षित

पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।

पछिल्लो समय परशुराम नगरपालिकाको आमपानीमा बस्दै आएका राउटे छन् । मनग्य आम्दानी हुन थालेपछि राउटे व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । उनीहरु घर–घरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन् ।

स्थानीयवासी दिलबहादुर राउटे विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गोलभेँडा, काँक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेको बताउनुहुन्छ । उनीहरु तरकारी बिक्री गरेर घर खर्चका साथै रकम बचत समेत गर्न थालेका छन् । आमपानीमा ३५ घरपरिवार राउटेमध्ये करिब २५ परिवार खेतीपातीसँगै तरकारीखेतीमा लागेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts