Thursday, October 5, 2017

भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

भारतीय नम्बर प्लेट एस के ०१ जे १७७० पिकअप भ्यानको ठक्करबाट आज बिहानी भ्रमणमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ ।

कमल गाउँपालिका–५ निवासी ४५ वर्षीय खेम चम्लागाईंलाई पश्चिमबाट पूर्व आउँदै गरेको उक्त पिकअपले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts