Sunday, October 8, 2017

बसको ठक्करबाट एकको मृत्यु

सडक दुर्घटनामा परी यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका ११ वर्षीय रुपक थापा क्षेत्री रहेको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ३१८८ नंको यात्रुवाहक बसले शनिबार साँझ सोही दिशातर्फ जाँदै गरेको को८प ७४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने क्षेत्री गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारनले जनाएको छ ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts