Friday, October 6, 2017

पद्यश्री साहित्य र साधन सम्मान प्रदान (भिडियोसहित)

नेपाली साहित्य क्षेत्रमा पुरस्कार र सम्मान निकै कम छन् । भएकाहरु पनि विवादमा परिरहने भएकाले दिने र पाउने दुवै सम्मानित महशुस गर्न सकिरहेका छैनन् । तर, मदन पुरस्कार र पद्यश्री पुरस्कार तथा सम्मानलाई भने आम स्रष्टाले गर्वका साथ लिने गरेका छन् । त्यही पद्यश्री साहित्य पुरस्कार यो वर्ष नवराज पराजुली र पद्यश्री साधना सम्मान साहित्यकार रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई प्रदान गरिएको छ ।
नेपाली कला र साहित्यको क्षेत्रका सम्मान र पुरस्कारहरु धेरैजसो आफैमा विवादित हुने गरेका छन् । त्यसैले पुरस्कार पाउने र पुरस्कार आफै सम्मानित हुन सकेका छैनन् । नेपाली साहित्य क्षेत्रमा मदन पुरस्कारलाई निकै सम्मानका साथ हेरिने गर्दछ । त्यसपछि स्थापना भएको पद्यश्री सम्मान पाउनुलाई स्रष्टाहरुले गर्वका रुपमा लिने गरेका छन् ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले स्थापना गरेको यो पुरस्कार र सम्मानबाट विभिन्न स्रष्टा सम्मानित भइसकेका छन् । नेपालको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कार र सम्मानका रुपमा लिइने विक्रम सम्बत २०७३ को पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह सागरमाथाको गहिराइलाई अर्पण गरिएको छ । बिहीबार राजधानीमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने र प्रतिष्ठानकी संरक्षक हरिकला लामिछानेले कवि पराजुलीलाई अर्पण गरेका हुन् ।
प्रतिस्ठानले संकलन गरेका पुस्तकमध्ये जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडू, राज सरगमको छाउघर, नबिन विभासको रोल्पा सुइना र नवराज पराजुलीको सगरमाथाको गहिराइलाई उत्कृस्ट पांच कृतिका रुपमा चयन गरेको थियो । यिनै पाँच कृतिमध्येबाट मूल्याङ्नकर्ताहरूले सगरमाथाको गहिराइ कविता संग्रहलाई यस वर्षको पद्मश्री पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको प्रतिस्थानका संरक्षक जीवा लामिछानेले जानकारी दिए ।
पुरस्कारबापत सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद अर्पण गरिएको थियो । यो पुरस्कारबाट अहिलेसम्म गणेश रसिक, भानुभक्त पोखरेल, कृष्ण बराल, ध्रुव सापकोटा, अमर न्यौपाने, झमक घिमिरे, रविन्द्र समिर, खगेन्द्र संग्रौला, शारदा शर्मा, मनु बाज्राकी, उपेन्द्र सुब्बा, मोहन मैनाली र नीलम कार्की निहारिका पुरस्कृत भइसकेका छन् ।


त्यसैगरी विक्रम सम्बत २०७३ को पद्मश्री साधना सम्मान साहित्यकार रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा अर्पण गरिएको छ । लामो समयदेखि साहित्य सिर्जना, साहित्यिक पत्रिकाको सम्पादन÷प्रकाशन तथा श्रस्टाहरुलाई निरन्तर प्रोत्साहन गरिरहेका कारण शर्मा र घिमिरेलाई प्रतिष्ठानका अध्यक्ष लामिछाने र संरक्षक हरिकला लामिछानेले पद्मश्री साधना सम्मान अर्पण गरेका हुन् ।
यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बरिस्ट साहित्यकार बैरागी काइँलालाई अर्पण गरिसकिएको छ ।
सम्मानबापत अभिनन्दनसहित सम्मानपत्र र संयुक्त रुपमा दुई लाख रुपैंया नगद अर्पण गरिएको छ । गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा उद्यमी जीवा लामिछानेले आफू जन्मेको चितवनको पदमपुर गाउँको स्मृतिमा स्थापना गरेको यो पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाकै दिन प्रदान गरिने गर्दछ । सुरुमा मोफसलका स्रष्टाहरुलाई दिइने गरेको यो पुरस्कार पछिल्लो समय देशविदेशमा रहेका स्रष्टा र सिर्जनालाई प्रदान गर्ने गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा पद्यश्री साधना सम्मान प्राप्त गरेका साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले पुरस्कार पाउँदा आफूलाई गर्व महशुस भइरहेको बताए ।


उत्कृष्ट सिर्जनाअन्तर्गत पद्यश्री साहित्य पुरस्कार प्राप्त गरेका नवराज पराजुलीले पद्यश्रीजस्तो सम्मानित पुरस्कार आफूले भन्दा पनि आफ्नो सिर्जनाले पाएको बताए ।
विदेशमा रहेर पनि आफ्नो जन्मभूमिको स्मृतिमा पुरस्कार स्थापना गरेका लामिछानेले हरेक सिर्जनाको आआफ्नै विशेषता हुने भन्दै सिर्जनाको कुनै प्रतिष्पर्धा नहुने बताए । चितवनको कुनै बेला गुलजार रहेको आफ्नो गाउँ पदमपुर बाढीले बगाएर नामोनिशान नरहेका बेला पदश्री साहित्य सम्मान स्थापना गरेका लामिछानेले सिर्जनाको जस्तो सपर्मणको पनि प्रतिस्पर्धा नहुने बाताए । अहिलेसम्म हरेक वर्ष पाँच उत्कृष्ट कृति संकलन गर्ने गरिएकोमा आगामी वर्षदेखि दश उत्कृष्त कृति संकलन गरिने लामिछानेले बताए ।
सुरुमा कृति आव्हान गरेर पुरस्कार घोषणा गरिए पनि पछिल्लो समय प्रतिष्ठानले नै बजारबाट पुस्तक संकलन गरेर पुरस्कार घोषणा गर्ने गरिएको छ । नेपालमा साहित्य र कला क्षेत्रमा व्यक्ति र संस्थाका नाममा पुरस्कारहरु स्थापना भए पनि स्थानको नामबाट कमै पुरस्कार स्थापना भएका छन् ।
त्यसमध्ये पदश्री साहित्य पुरस्कार तथा सम्मान अग्रणि मानिन्छ । कतिपय पुरस्कार र सम्मान थापेपछि पुरस्कारको विषयमा उत्पन्न हुने विवादले पुरस्कार र पुरस्कृत दुवै लज्जित हुनुपर्ने अवस्था रहे पनि पद्यश्री पुरस्कारमा अहिलेसम्म त्यस्तो नदेखिनु यसको सबल पक्ष हो । यसलाई अगामी दिनमा पनि निरन्तरता दिन सके पदश्री पाउने र दिने दुवै सधैं सम्मानित भइरहने निश्चित छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts